सुनकाे मुल्य छ सय रुपैयाँले बढ्यो [यसरी हुँदैछ किनबेच]

जनकपुरधाम । सुनको मूल्य तोलाको ६ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अाज ९६ हजार ४ सय रुपैयाँ कायम गरिएको हो ।

हिजो (मंगलबार) ९५ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो । यसैगरी, तेजाबी सुनको मूल्य पनि ६ सयले नै बढेर ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

चाँदी हिजोभन्दा ५ रुपैयाँ महँगिएर १३ सय १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस