सप्तरीका स्थानिय तहमा यस्तो छ कोरोनाको अवस्था

२०७७ भदौ २९
राजविराज । गत वैशाख २९ गते पहिलो कोरोना संक्रमित भेटिएको सप्तरीमा हालसम्म १ हजार १८ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमणबाट हालसम्म ८ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालय सप्तरीको तथ्यांक छ ।

तथ्यांकअनुसार अहिलेसम्म सवै भन्दा धेरै सदरमुकाम राजविराज नगरपालिकामा संक्रमित देखिएका छन् भने सवै भन्दा कम शम्भुनाथ नगरपालिका र विष्णुपुर गाउँँपालिकामा संक्रमित फेला परेको छ । राजविराजमा ७५ महिला र २७२ पुरुष गरी २४७ जनामा संक्रमण पुष्टि भएको छ भने शम्भुनाथ र विष्णपुरमा १२–१२ जनामा संक्रमण देखिएको हो । विष्णपुरमा २ जना महिला छन् ।

यसैगरी, तिलाठी कोइलाडी गाउँपालिकामा १५ महिला र १०२ पुरुष गरी ११७ जना, हनुमाननगर कंकालिनी नगरपालिकामा २६ महिला र १०५ पुरुष गरी १३१ जना, वलान विहुल गाउँपालिकामा ६ महिला र ५० पुरुष गरी ५६ जना, बोदे बरसाईन नगरपालिकामा २ महिला र ५२ पुरुष गरी ५४ जनामा संक्रमित भएका छन् ।

 

छिन्नमस्ता गाउँपालिकामा १० महिला र ३४ पुरुष गरी ४४ जना, तिरहुत गाउँपालिकामा ७ महिला र २७ पुरुष गरी ३४ जना, राजगढ गाउँपालिकामा १ महिला र ३० पुरुष गरी ३१ जना, डाक्नेश्वरी नगरपालिकामा ६ महिला र २४ पुरुष गरी ३० जना संक्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ ।

यसैगरी, कञ्चनरुप नगरपालिकामा ५ महिला र २४ पुरुष गरी २९ जना, खडक नगरपालिकामा ५ महिला र २० पुरुष २५ जना तथा महादेवा गाउँपालिकामा ३ महिला २२ पुरुष गरी २५–२५ जना, सुरुङ्गा नगरपालिकामा २ महिला र २२ पुरुष गरी २४ जनामा संक्रमण पुष्टि भएको छ ।

अग्निाईर कृष्णासवरण गाउँपालिकामा १ महिला र १५ पुरुष तथा रुपनी गाउँपालिकामा ३ महिला र १३ पुरुष गरी १६–१६ जना र सप्तकोशी नगरपालिकामा २ महिला र १२ पुरुष गरी १४ जना संक्रमित भएका छन् ।

७३६ निको भए घर फर्किए

सप्तरीमा हालसम्म ७३६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा राजविराज नगरपालिकामा ४७ महिला र १५८ पुरुष गरी २०५ संक्रमित निको भएका छन् ।

स्वास्थ्य कार्यालय सप्तरीको तथ्यांकअनुसार तिलाठी कोइलाडी गाउँपालिकामा ११ महिला र ८२ पुरुष गरी ९३जना, हनुमाननगर कंकालिनी नगरपालिकामा ११ महिला र ७८ पुरुष गरी ८९ जना, वलान विहुल गाउँपालिकामा ६ महिला र ४९ पुरुष गरी ५५ जना, बोदे बरसाईन नगरपालिकामा २ महिला र ४८ पुरुष गरी ५० जनामा निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

छिन्नमस्ता गाउँपालिकामा ३९ जना, तिरहुत गाउँपालिकामा १२ जना, राजगढ गाउँपालिकामा ३० जना, डाक्नेश्वरी नगरपालिकामा २८ जना, कञ्चनरुप नगरपालिकामा ९, खडक नगरपालिकामा २४ जना, महादेवा गाउँपालिकामा २२ जना, सुरुङ्गा नगरपालिकामा २१ जना, अग्निाईर कृष्णासवरण गाउँपालिकामा १४ जना, रुपनी गाउँपालिकामा १३ जना, सप्तकोशी नगरपालिकामा ११ जना संक्रमण मुक्त भएका छन् ।

यसैगरी, शम्भुनाथ नगरपालिकाका १२ जना र विष्णुपुर गाउँँपालिकाका ९ डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाबाट राजविराज नगरपालिकाकै १ महिला र ५ पुरुष गरी छ जना तथा राजगढ गाउँपालिकाका १ पुरुष र रुपनी गाउँपालिकाका १ पुरुषको ज्यान गइसकेको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस