२४ घण्टामा नेपालमा १ हजार १७० कोरोना संक्रमित थपिए, ८७९ जना संक्रमण मुक्त

जनकपुरधाम । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा १० हजार ८७८ जनाको पिसिआर परीक्षण गरिएको छ । थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।

देशभर हाल १५ हजार ३९३ सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोना संक्रमण मुक्त भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ । यो संख्या कुल संक्रमितको ७१ दशमलव पाँच प्रतिशत रहेको पनि डा. गौतमले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस