राजविराजमा पनि निषेधाज्ञा हटाउने निर्णय

२०७७ भदौ २९
राजविराज । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न राजविराज नगरपालिकाको केही क्षेत्रमा जारी रहेको निषेधाज्ञा हटाउने निर्णय भएको छ । आज (सोमवार) बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट निषेधाज्ञाले आम जनजीविकामा परिरहेको असरलाई दृष्टिगत गरी निषेधाज्ञा हटाउने निर्णय भएको हो ।

सो निर्णयसँगै आज राति १२ बजेपछि राजविराजमा पनि निषेधाज्ञा हटने भएको छ । निषेधाज्ञा हटाइएपनि स्वास्थ्य मापदण्ड पुरा गरी अत्यावश्यक सेवाहरु सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्दकुमार ठाकुरले जानकारी दिए ।

उनका अनुसार राजविराजमा निषेधाज्ञा हटाइएपनि सार्वजनिक सवारी साधन भने सञ्चालन गर्न पाउने छैन् । यसैगरी, निजी सवारी साधन पनि स्वास्थ्य मापदण्ड पालना गरी जिल्लाभर मात्र सञ्चालन गर्न पाउने निर्णय भएको छ ।

यस्ता छन् थप निर्णयहरुः

 

Author:



क्याटोगरी छान्‍नुहोस