कोरोनाबाट भारतमा एकै दिन १ हजार १३६ जनाको मृत्यु

corona in india

जनकपुरधाम । कोरोना संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा १ हजार १३६ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७९ हजार ७२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९२ हजार ७१ कोरोना संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा ९४ हजार ३७२ कोरोना संक्रमित थपिएका थिए । भारतमा हालसम्म ४८ लाख ४६ हजार ४२७ जनामा कोरोना संक्रमण देखिसकेको तथ्यांकमा उल्लेख छ ।

भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । भारत कोरोना संक्रमणको इपिसेन्टर बनेको छ । दैनिक ९६ हजारसम्म कोरोना संक्रमण पहिचान भइरहेको भारतमा संक्रमणको दर बढ्दै गइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस