संविधान दिवसमा विरगञ्ज कारागारबाट १५ कैदी रिहा

विरगञ्ज, ३ असोज । संविधान दिवसको अवसरमा शनिवार विरगञ्ज कारागारबाट १५ जना कैदीको कैद मिनाहा गरिएपछि रिहा भएका छन् ।

विरगञ्ज कारागारमा रहेका १ हजार २ सय ११ जना कैदीबन्दीहरुमध्ये १७ जनाको कैद मिनाहाकालागि सिफास गरी माफीकालागि गृह मन्त्रालयमा पठाईएको थियो । जसमध्ये एक जना महिलासहित १५ जनाको सजाय माफ भई विरगञ्ज कारागारबाट मुक्त गरिएको कारागार प्रमुख मात्रीका प्रसाद दाहालले जानकारी दिएका छन् ।

माफी पाएकाहरु कर्तव्य ज्यान, सवारी ज्यान, किर्ते मुद्दा, वन नोक्सानी, सरकारी छाप किर्ते र डाँका चोरी मुद्दाका कैदीहरु रहेका छन् । माफी पाएकाहरुका आफन्तजन एकाबिहानैदेखि विरगञ्ज कारागारको मुल गेटमा प्रतिक्षारत थिए । कारागारले माफी पाएकाहरुलाई सामाजिक दुरी कायम गर्न लगाउँदै टिका लगाएर कारागारबाट विदाई गरिएको कारागार प्रशासनले कजनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस