पत्रकार महासंघको सदस्यता निर्णयप्रति मधेशी पत्रकार समाजद्वारा आपत्ति

राजविराज, ३ असोज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले हालै नयाँ सदस्यताकालागि बनाएको मापदण्ड सार्वजनिक गर्न र सोही अनुसार अन्यलाई समेत समेट्न मधेशी पत्रकार समाजले माग गरेको छ ।

समाजका शाखा अध्यक्ष रामअधिन साह र सचिव शैलेश कुमार कर्णले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै महासंघबाट सदस्यताकालागि पुनः नामावली सिफारिश गर्न आग्रह गरेका हुन् । विगतका दिनमा पत्रकारिता क्षेत्रबाट टाढा रहेका व्यक्तिहरुलाई सदस्यता नदिने र सदस्यता प्राप्त गरिसकेका गैर पत्रकार सदस्यहरुको सदस्यता हटाउने निर्णय समेत महासंघले गरिसकेको भन्दै महासंघको विधानले पनि गैर पत्रकारलाई सदस्यता नदिने र सदस्यताको लागि आवश्यक मापदण्ड समेत प्रष्ट रुपमा उल्लेख रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेपाल पत्रकार महासंघले ८ जनालाई मात्र सदस्यताकोलागि सिफारिस गरेको कार्यप्रति आपत्ति जनाउँदै सदस्यताको मापदण्ड पूरा गरी क्रियाशिल रहेकाहरुलाई सदस्यताबाट बञ्चित गराउने कार्य भएको समाजले ठहर गरेको छ । महासंघ शाखाले सदस्यता वितरण र नविकरणकोलागि गरेको निर्णय सच्याई विशुद्ध पत्रकारितासँग आवद्ध पत्रकारहरुलाई सदस्यता दिन र सोही अनुरुप नविकरणको लागि सिफारिश गर्न समाजले माग गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस