संविधानको विरोध गर्दै प्रदर्शन

२०७७ असोज ०३ गते
राजविराज । जनता समाजवादी पार्टीले संविधानको विरोध गर्दै सप्तरीमा पनि शनिवार प्रर्दशन गरेको छ । पार्टीआवद्ध नेता कार्यक्रर्ताहरुले संविधानको विरोध गर्दै सदरमुकाम राजविराजमा प्रर्दशन गरेका हुन् ।

शिव मन्दिर प्राङ्गणबाट निकालिएको विरोध र्याली बजार परिक्रमा गरेको छ । र्यालीका सहभागी नेता कार्यकर्ताहरुले मधेशी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिमसहित उत्पीडितमा परेका समूदायको मुद्दा संविधानमा समेट्न नसकेको भन्दै आक्रोश व्यक्त गरे ।

उनीहरुले संशोधनमार्फत उत्पीडित जनताको माग सम्वोधन नभए वर्तमान संविधान पूर्ण रुपमा स्वीकार्य नरहेको बताए । बजार परिक्रमा पश्चात दशन चौकमा पुगेर कोणसभाको आयोजना गरिएको छ ।

आसनग्रहण नहुँदा विवाद

कोणसभा सुरु नहुँदै नेता–कार्यक्रर्ताबीच विवाद भएको छ । विवादका कारण सभा नै विथोलिएको छ । आसनग्रहणको विषयमा तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीआवद्ध कार्यकर्ताहरुबीच विवाद भएपछि सभा विथोलिएको बताइएको छ ।

उता, तत्कालीन समाजवादी पार्टी नेपालका सप्तरीका अध्यक्ष केदारप्रसाद यादवले कार्यक्रमकै क्रममा समान्य विवाद देखिएपछि सभा गर्न नसकिएको प्रतिक्रिया दिए । विरोध कार्यक्रममा प्रदेश सभा सदस्य अभिषेक यादव, राजविराज नगरपालिकका नगर प्रमुख शम्भुप्रसाद यादव, जनता समाजवादी पार्टीका नेताहरु अनिरुद्ध प्रसाद सिंह, केदारप्रसाद यादव, भिमराज यादव, अशोक यादव, दिनेश यादव, लक्ष्मण यादव, चित्तरजन यादव तथा नेतृहरु सुनीता साह, मिरा यादव, किरण साह लगायतको सहभागी थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस