पछिल्लो २४ घण्टामा १ हजार २०४ कोरोना संक्रमित थपिए, १ हजार ४४७ डिस्चार्ज

२०७७ असोज ०३
जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २०४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ३३३ पीसीआर परीक्षण गर्दा १ हजार २०४ कोरोना संक्रमित थपिएको हो ।

सोही अवधिमा १४ सय ४७ संक्रमित डिस्चार्ज भएका छन् । देशभर हाल सक्रिय संक्रमित १७ हजार १ सय २९ जना छन् । हालसम्म कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ ।

जसमध्ये ४५ हजार २६७ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस