सप्तरीमा शनिवार थप १८ जनामा कोरोना पुष्टि

२०७७ असोज ०३ गते
राजविराज । सप्तरीमा स्थानिय तहका स्वास्थ्य शाखा प्रमुख र एक प्रहरीसहित १८ जनामा शनिवार कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजका एक कर्मचारी पनि छन् ।

डाकनेश्वरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख र जिल्ला प्रहरी कार्यालयका एक प्रहरीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए । यसैगरी, विष्णुपुर गाउँपालिका वडा नम्वर ७ मा मात्रै ८ जना संक्रमि पाइएको छ । वडा नम्वर १ मा पनि ३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

यसैगरी, राजविराज नगरपालिका वडा नम्वर ३ का २ जना, ९ का १ जना र वडा नम्वर ८ का १ जनामा संक्रमण पुष्टि भएको निमित्त प्रमुख यादवले बताए । योसहित सप्तरीमा कोरोना संक्रमितको संख्या १ हजार १७७ पुगेको छ ।

जसमा हालसम्म ७७६ जना डिस्चार्ज भएका छन् । हालसम्म ९ जनाको कोरोनाबाट ज्यान गइसकेको छ । संक्रिय संक्रमित ३९२ जना रहेको कार्यालयको तथ्यांकमा छ । तथ्यांकअनुसार हाल ९ सय जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस