भारतमा ५३ लाख ९८ हजारमा कोरोना संक्रमण

corona in india

२०७७ असोज ०४ गते
जनकपुरधाम । भारतमा पछिल्लो २४ घण्टामा ९२ हजारबढी कोरोना संक्रमित थएिका छन् । विश्व स्वास्थ्य सगठनका अनुसार योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ५३ लाख ९८ हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ११ सय बढी कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै कोरोनाबाट त्यहाँ ८६ हजार ७ सय ७४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने करिव ४३ लाख मानिस संक्रमण मुक्त भएका छन् ।

यस्तै अमेरिकामा ४२ हजार बढी संक्रमित थपिँदा ब्राजिलमा ३० हजार ९ सय संक्रमित थपिएका छन् । यस्तै रसियामा ६ हजार, पेरुमा ६ हजार ४ सय, कोलम्बियामा ७ हजार ९ सय, अर्जेन्टिनामा ९ हजार २ सय तथा फ्रान्समा साढे १३ हजार संक्रमित थपिएका छन् ।

विश्वभर हालसम्म कोरोनाबाट ९ लाख ४८ हजार ७९५ संक्रमितको ज्यान गइसकेको तथ्यांकमा उल्लेख छ । पछिलो २४ घण्टामा ५ हजार ३६० संक्रमितको मृत्यु भएको छ । संक्रमितको संख्या ३ करोड ३ लाख ६९ हजार ७७८ पुगेको तथ्यांकमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780