धरानमा थप दुई कोरोना संक्रमित महिलाको मृत्यु

२०७७ असोज ०५ गते
विराटनगर । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप दुई कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सुनसरीकी ४९ र झापाकी ७२ वर्षीया महिलाको उपचार क्रममा मृत्यु भएको हो ।

सुनसरी इनरुवा ४ की प्रतिष्ठानमा उपचाररत महिलाको ५ गते बिहान मृत्यु भएको हो । संक्रमितमा उच्च रक्त चाप, मधुमेह, र मिर्गाैलाको समस्या भई उपचाररत थिइन् । उनमा १ गते कोरोना पुष्टि भएर मेडिसिन वार्डबाट कोभिड अस्पतालमा सारिएको थियो ।

यसैगरी, झापा मेचीनगर ८ का कन्काई अस्पतालबाट रिफर भएकी महिलामा श्वासप्रश्वासमा कठिन, छाती दुख्ने, शरीर कमजोर र निमोनियाको लक्षण देखिएको थियो। दीर्घ रोग केही नभएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले बताए ।

मृतकमा ४ गते कोरोना पुष्टि भएको र सोही दिन कोभिड अस्पतालमा भर्ना भई राति सवा ९ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३० पुगेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस