सप्तरीको रुपनी गाउँपालिकाका एक वडाध्यक्षको निधन

२०७७ असोज ०५ गते
राजविराज । केही सातादेखि विरामी रहेका सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष गोविन्द सिंह थापा मगरको सोमवार निधन भएको छ । स्वास्थ्य अवस्था विग्रीएपछि उनलाई उपचारकोलागि अस्पतालतर्फ लगिने क्रममा ५५ वर्षीया वडा अध्यक्षको निधन भएको हो ।

केही साताअघि विरामी परेका उनी विराटनगरस्थित विराट नर्सिङ्ग होममा ९ दिनसम्म उपचार गराएपछि तीन दिनअघि मात्रै घर फर्किएका थिए । पुनः सोमवारै उनको स्वास्थ्य विग्रीएपछि उपचारकोलागि अस्पताल लग्ने क्रममा निधन भएको गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिए । उनी नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदमा निर्वाचित भएको थिए ।

वडा अध्यक्ष थापाको पार्थिव शरीरमा प्रदेश सभा सदस्य समिम मियाँ, गाउँपालिका अध्यक्ष हरेराम यादव, उपाध्यक्ष वेचनीदेवी सरकार, अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी लगायतले राष्ट्रिय झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

वडाध्यक्ष मगरको निधन भएपछि शोक मनाउन मंगलवार गाउँपालिका र वडाका सवै कार्यालय वन्द गरिने गाउँपालिका अध्यक्ष यादवले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस