‘थप्पड’ चलचित्र ‘उत्कृष्ट फिल्म’ र ‘उत्कृष्ट सम्पादन’ विधामा मनोनयन

एजेन्सी । तापसी पन्‍नु अभिनीत चलचित्र ‘थप्पड’ ले १४औं एसियन फिल्म अवार्डमा ‘उत्कृष्ट फिल्म’ र ‘उत्कृष्ट सम्पादन’ विधामा मनोनयनमा पर्न सफल भएको छ । ११ देश र क्षेत्रका गरी जम्मा ३९ चलचित्र नोमिनेसनमा परेका छन् । जसमध्ये प्राविधिक उपलब्धि र कलात्मकताको पहिचान गरी जम्मा १६ वटा अवार्ड प्रदान गरिनेछन् ।

एसियन फिल्म अवार्ड पहिलोपटक बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवसँग समन्वय गर्दै छ । जारी कोरोना महामारीका कारण अवार्ड समारोहको अनलाइनमार्फत प्रसारण गरिनेछ ।

आफ्नो चलचित्र दुई विधामा मनोनयनमा पर्न सफल भएकामा निर्देशक अनुभव सिन्हा भन्छन्, “थप्पडमा काम गरिरहँदा मैले सोचेको थिएन कि चलचित्रको विषय र दिन खोजेको सन्देश विश्वव्यापी रुपमा स्वीकार्य हुनेछ भनेर ।

यसबारे मैले तब मात्रै थाहा पाएँ जब मैले गैरभारतीय अमेरिका, जर्मनी, ताइवान र मलेसियालगायत देशका मेरा साथीहरुसँग कुराकानी गरेँ ।” १४औं एसियन फिल्म अवार्ड अक्टोबर १४ मा आयोजना हुँदै छ ।-बलिउड हंगामा

Author:



क्याटोगरी छान्‍नुहोस