धार्मिकस्थलहरु खुल्ला गर्न विश्व हिन्दू महासंघको आग्रह

२०७७ असोज ६ गते ।
राजविराज । श्रीपशुपतिनाथ, माता जानकीलगायत धार्मिकस्थलहरूमा सहज र सुरक्षित दर्शनकालागि तत्काल खुल्ला गर्न गराउन विश्व हिन्दू महासंघले माग गरेको छ ।

महासंघकी महासचिव अस्मिता भण्डारीले प्रेस विज्ञप्ति मार्फत नेपाल सरकारसँग अनुरोध गरेकी हुन् । कोतमा रहेका हातहतियार र निशानको पूजा, फूलपाती, महाअष्टमीका दिन कालरात्री पूजा हर्षाेल्लास र भव्यताका साथमा सुसम्पन्न गर्ने परम्परा रहिआएको चर्चा गर्दै नेपाल सरकारले कोभिड १९को कारणबाट नवरात्रीका पूजाहरूमा रोक लगाउने बुझिएको भन्दै यस्तो नगर्न समेत आग्रह गरिएको छ ।

कारणवस राष्ट्रको मौलिक पूजाआजा, जात्रा आदि रोकिएमा क्षमा पूजा गर्ने परम्परा रहेकाले यसपटक सम्बन्धित पक्षले देवी भगवतीसँग प्रार्थना तथा क्षमा पूजा गरी आफ्नो देशको रितिरिवाज, संस्कृति र परम्परालाई संरक्षण गरिनुपने प्रेस विज्ञप्तिमा उल्लेख छ । ८४ प्रतिशत भन्दा धेरै हिन्दु र ९४ प्रतिशत भन्दा धेरै ओमकार परिवारको भावनाको कदर गर्दै अगाडि बढ्नका निम्ति महासंघले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस