लाइसेन्स, ब्लुबुक हराएमा अनलाइनबाटै फारम भर्न सकिने

२०७७ असोज ६
जनकपुरधाम । ट्राफिक प्रहरी कार्यालयले हराएको सवारी चालक अनुमति पत्र (लाइसेन्स), सवारी दर्ता किताब र सवारी इजाजत पत्रको सिफारिस लिन अनलाइन प्रणाली सुरु गरेको छ । योसँगै सेवाग्राहीले लाइसेन्स, ब्लुबुक हराएमा घर बसेरै सिफारिस रिपोर्ट लिन सकिने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रहरी प्रधान कार्यालयसँग समन्वय गरी सोमबारदेखि हराएको सिफारिस पत्र लिन अनलाइनबाट नै फारम भर्न सक्ने बनाएको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम ढकालले हराएको लाइसेन्स, ब्लुबुक र पर्मिटको लागि धेरै दिन लगाएर सेवाग्राही ट्राफिक प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गरिएको बताए ।

सिफारिको लागि ट्राफिक प्रहरीको वेबसाइट traffic.nepalpolice.gov.np मा गई लस्ट डकुमेन्ट्स एप्लिकेसनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ । सेवाग्राहीले अनलाइनबाट फारम भरेको २४ घण्टापछि सिफारिस प्राप्त गर्न वा लिन सक्नेछन् ।

Author:



क्याटोगरी छान्‍नुहोस