राजविराज विमानस्थलमा विहिबारबाट उडान सुरु हुँदै [यस्तो छ समय तालिका]

२०७७ असोज ०६ गते
राजविराज । लकडाउन (बन्दाबन्दी) शुरु भएदेखि ठप्प रहेको सप्तरीस्थित राजविराज विमानस्थलमा पुनः नियमित उडान सेवा सुरु हुने भएको छ । गत चैत ११ गतेदेखि ठप्प रहेको उडान सेवा छ महिनापछि विहिवार (असोज ८ गते) बाट सुरु हुने भएको छ ।

कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रण गर्न देशभर लागू गरिएको लकडाउन र निषेधाज्ञाले उडान सेवा ठप्प थियो । सोमवार (असोज ५ गते) बाट देशभर आन्तरिक उडान शुरु भएसँगै राजविराजमा पनि विहिवारबाट नियमित उडान सेवा सुरु हुने भएको छ ।

उडानकालागि बुद्ध एयरलायन्सले समय तालिका सार्वजनिक गरिसकेको छ भने वुकिङ्ग समेत खुल्ला गरिएको एयरलायन्स राजविराज शाखाका प्रमुख अनील राजवंशीले जानकारी दिए ।

उनका अनुसार दिउँसो १२ बजेर १५ मिनेटमा काठमाडौंबाट राजविराज तथा दिउँसो १ बजेर १५ मिनेटमा राजविराजबाट काठमाडौं उडान भर्नेछ ।

उनले स्वास्थ्य सावधानी र चेकजाँचको व्यवस्था मिलाइनुकासाथै सरकारले कोरोनासम्बन्धि जारी गरेको सम्पूर्ण प्रोटोकल पालना गरेर उडान सेवा सञ्चालन गर्ने तयारी रहेको बताए ।

राजविराजकोलागि बुद्ध एयरलायन्सले हाललाई न्यूनतम ३२ सय रुपैयाँ भाडादर कायम गरी सञ्चालन गर्न लागेको एयरलायन्स राजविराज शाखाका प्रमुख राजवंशीले बताए ।

 

यो पनि पढ्नुस्ः

आजबाट आन्तरिक हवाई सेवा सुरु [राजविराजमा उडान भर्ने यस्तो छ तयारी]

Author:



क्याटोगरी छान्‍नुहोस