सप्तरीका पत्रकार विश्वकर्मा पुरस्कृत

२०७७ असोज ७
राजविराज । सप्तरीका पत्रकार राजु विश्वकर्मा ‘युवा पत्रकारिता पुरस्कार २०७७’ बाट पुरस्कृत भएका छन् । प्रेस काउन्सिल नेपालले पत्रकारित क्षेत्रमा विशेष योगदान पर्याएवापत उनीसहित सहित २७ जना पत्रकारलाई पुरस्कृत गरेको हो ।

प्रेस काउन्सिलको ५१ औं वार्षिकोत्सवका अवसरमा मंगलवार आयोजित कार्यक्रममा विश्वकर्मासहितका पत्रकारलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पुरस्कार प्रदान गरेका हुन् ।

सप्तरीको बोदे बरसाईन नगरपालिका–५ जाँजर निवासी विश्वकर्मा राष्ट्रिय समाचार समितिमा कार्यरत छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस