धरानमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका–२ की ३८ वर्षीया संक्रमित महिलाको सोमबार बिहान पौने ६ बजे मृत्यु भएको हो । प्रतिष्ठानमा ११ गते राति पौने १२ बजे भर्ना भएकी थिइन् ।

उनमा सोमवारै कोरोना पुष्टि भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । योसँगै प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस