भारतमा ९५ हजार कोरोना संक्रमितको मृत्यु

corona in india

जनकपुरधाम । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ३९ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ हजार ५४२ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा पछिल्लो २४ घण्टामा ८२ हजार १७० कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ६० लाख ७४ हजार ७०२ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । भारतमा रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ ।

विश्वभर ९ लाख ९६ हजार

कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ९६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ लाख ९६ हजार ३४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ११४ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख २ हजार २२७ संक्रमितको पहिचान भएको छ । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३० लाख ३४ हजार ५९८ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस