विराटनगरमा तय गरिएको कक्षा ११ को परीक्षा स्थगत

विराटनगर । विराटनगर महानगरपालिकाले संचालन गर्ने तय गरेको कक्षा ११ को परीक्षा स्थगन भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको सर्वपक्षीय छलफलले कोरोना संक्रमणको बेला परीक्षा नगर्ने निश्कर्ष निकालेको हो ।

प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले परीक्षा स्थगनको निर्णय भने जिल्लास्थित कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटीले गर्ने जानकारी दिएका छन् । सोमबार भएको छलफलको निश्कर्ष अहिलेको कोरोना माहामारीको विषम परिस्थितिमा परीक्षा उपयुक्त नभएको सुनाए ।

महानगरपालिकाले महानगर क्षेत्रभित्रका उच्च माविहरुमा असोज २५ गतेदेखि कात्तिक ३ गतेसम्मको लागि परीक्षाको तालिका सार्वजनिक गरेपछि उच्च माविहरुले चाडबाडको बेला शुल्क अशुल्ने अभिप्रायले नै परीक्षा लिन खोजेको भन्दै अभिभावक र विद्याथीहरुले चर्को आलोचना भएको थियो ।

उता, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले महानगर विद्यार्थीको मनोभावना अनुसार नै परीक्षा लिने तयारीमा रहेको दाबी गरे । अभिभावक र विद्यार्थीहरु विरोध जनाएपछि सो निर्णयबाट पछि हट्न महानगर बाध्य भएको जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस