प्रदेश २ मा स्वास्थ्य र इन्जिनियरिङ्ग सेवामा स्थायी कर्मचारी भर्ना लिन स्वीकृति

जनकपुरधाम, १३ असोज । निर्माण सम्वन्धी कामकाजलाई व्यवस्थित रुपमा सञ्चालनकालागि प्रदेश नम्वर २ सरकारले प्राविधिक कर्मचारी भर्ना गर्ने भएको छ ।

सोमवार सम्पन्न प्रदेश नम्वर मुख्यमन्त्री तथा मन्त्री परिषदको बैठकले प्रदेश लोकसेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ्ग सेवामा सातौ तहसम्मको भर्ना लिन स्वीकृति दिएको हो । प्रदेश निजामित सेवा ऐन पारित नभएसम्मकोलागि संघीय ऐनलाई नै टेकेर हाललाई इन्जिनियर र चिकित्सक भर्ना गर्न स्वीकृति दिएको छ ।

बैठकले लोकसेवा आयोगको ओएनएम पारित गर्नुका साथै लोक सेवाको सचिवमा काम काज गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव विरेन्द्र कुमार यादवलाई जिम्मेवारी दिएको छ । कोरोना महामारीमा प्रदेशमा चिकित्सकको आभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै प्रदेश सरकारले दुबै क्षेत्रमा स्थायी नियुक्तिको प्रक्रिया शुरु गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस