लागुऔषध सहित एक जना पक्राउ

मोरङ, १३ असोज । मोरङको विराटनगर १६ दरैया का ६१ बर्षीय रामु मण्डल लागुऔषध खैरो हिरोईन ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

सोमवार अपरान्ह ४ बजे विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले साईकलमा आईरहेका मण्डललाइ विराटनगर १२ स्थित कलेज रोडबाट नियन्त्रण लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । नियन्त्रण पश्चात उनलाई चेकचाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा ५ ग्राम ७० मिलीग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको छ । उनी उपर थप अनुसन्धान तथा कानूनी कार्वाही अगाडि बढाईएको उक्त कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस