भारतमा ६१ लाख ४५ हजारमा कोरोना संक्रमण

जनकपुरधाम । पछिल्लो २४ घण्टामा भारतमा ७७६ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९६ हजार ३१८ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा पछिल्लो २४ घण्टामा ७० हजार ५८९ कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ६१ लाख ४५ हजार २९१ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस