सप्तरीका थप एक ३५ वर्षीय कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १५ पुग्यो (विवरणसहित)

राजविराज । सप्तरीका थप एक कोरोना संक्रमितको आज (बुधवार) विहान मृत्यु भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ बनौलीका ३५ वर्षीय युवकको मृत्यु भएको हो ।

मृगौलामा समस्या भएपछि केही समयदेखि विराटनगरमा उपचार गराउँदै आएका उनको स्वास्थ्य अवस्था जटिल भएपछि असोज १ प्रतिष्ठान रिफर गरिएको थियो ।

उपचारकै क्रममा कोरोना पोजेटिभ भएका उनको विहान करिब ३ बजे मृत्यु भएको गाउँपालिकाका अध्यक्ष परशुराम चौधरी जानकार दिए । शव ल्याउने विषयमा आवश्यक तयारी भइरहेको उनले बताए ।

योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले बताए । यसअघि कोरोनाबाट राजविराज नगरपालिकाका ९ जना, विष्णुपुर गाउँपालिकाका २ जना, रुपनी गाउँपालिका, खडक नगरपालिका र डाकनेश्वरी नगरपालिकाका १–१ जनाको मृत्यु भएको थियो ।

विवरण हेर्नुस्ः

Author:



क्याटोगरी छान्‍नुहोस