नेपाल रेल्वेः १२९ पदपूर्तिकालागि ३२ हजारले दिए आवेदन

जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले करारमा कर्मचारी भर्ना गर्न आह्वान गरेको आवेदनमा ३२ हजार युवाहरुले अनलाइनमार्फत फारम भरेका छन् ।

जनकपुर–जयनगर रेल संचालनकालागि १२९ कर्मचारी भर्ना भर्न आवेदन आह्न गरेको हो । गत भदौ २९ गतेबाट असोज १२ गतेसम्ममा करिब ३२ हजार युवाले अनलाइनमार्फत फारम भरेको कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले जानकारी दिए ।

कम्पनीले अन्तर्वार्ताको समय तोकेको छैन् । महाप्रबन्धक भट्टराईकाअनुसार चाँडै अन्तर्वार्ताको मिति पनि सार्वजनिक गरिनेछ । शैक्षिक योग्यता र अनुभवका आधारमा उपयुक्त उम्मेदवार चयन गरिने उनले बताए । जनकपुरको कुर्थादेखि भारत विहारको जयनगरसम्म रेल सञ्चालन दशैं अगावै गर्ने तयारी उनले बताए ।

यो पनि पढ्नुस्ः

नेपाल रेल्वेद्वारा १२८ कर्मचारी माग [यसरी आवेदन गर्न सकिन्छ]

 

Author:



क्याटोगरी छान्‍नुहोस