भोलीदेखि लागु हुने गरी आन्तरिक उडानको कोटा बढाइयो

जनकपुरधाम । सरकारले भोली (विहिवार)बाट लागु हुने गरी आन्तरिक हवाई उडानको कोटा बढाएको छ । प्राधिकरणका अनुसार यो तालिका अक्टोबर महिनाभर लागु हुनेछ ।

यसअघि ५ असोजबाट उडान सुरु हुँदा १४ असोजसम्मको उडान तालिका नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको थियो । प्राधिकरणले बिहीबारदेखि लागु हुने गरी उडान कोटा बढाएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

निजी हवाई सेवा प्रदायकहरुले यात्रुको चाप बढेको भन्दै उडान संख्या बढाउन आग्रह गर्दै आएका थिए । प्राधिकरणका अनुसार अब बुद्ध एयरले सबै भन्दा बढी दैनिक २९ वटा उडान गर्न पाउने छ । बुद्धले यसअघि दैनिक १८ वटा उडानको अनुमति पाएको थियो ।

यस्तै यति एयरलाइन्सलाई दैनिक १९ वटा उडानको अनुमती दिइएको कम्पनीका प्रवक्ता सुर्दशन गर्तौलाले बताए । श्री एयरले १२, सिम्रिक एयर र सौर्य एयरले २/२, तारा, समिट र सिता एयरले ४/४ उडानको अनुमति पाएका छन् । सिम्रिकको काठमाडौं–पोखरा दैनिक २ उडान रहेको छ ।

तारा एयरको काठमाडौंबाट लुक्ला दैनिक ३ उडान, फाप्लु हप्तामा ३ उडान गर्नेछ । यसैगरी सिता एयरले काठमाडौंबाट दैनिक ताप्लेजुङ २ उडान र लुक्ला दैनिक १ उडान गर्नेछ । समिट एयरले काठमाडौं–लुक्ला दैनिक २ उडान र जोमसोम हप्तामा ५ वटा उडान गर्नेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस