जसपा नेता गङ्गारामको निधन, जन्मथलो दमावतीमा अन्त्येष्टि

राजविराज । राजविराज नगरपालिका वडा नम्वर १२ दमावती निवासी जनता समाजवादी पार्टीका केन्द्रिय नेता गङ्गाराम यादवको बुधबार निधन भएको छ ।

सुनसरीको धरान स्थित वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सघन उपचार पश्चात घरमै स्वास्थ्यलाभ गरिरहेका उनको ७० वर्षको उमेर निधन भएको हो । पार्टी समायोजन पश्चात हाल उनी जनता समाजवादी पार्टीमा आवद्ध थिए ।

यसअघि उनी तत्कालिन मधेशी जन अधिकार फोरम गणतान्त्रिकका नेपालको बरिष्ठ उपाध्यक्ष, राष्ट्रिय जनता पार्टी,नेपालका केन्द्रिय बरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा थिए । तत्कालिन बिसहरिया गाउँ विकास समिति सप्तरीका पुर्व अध्यक्ष समेत रहेका स्व. यादव गाउँ विकास समिति महासंघको अध्यक्ष थिए । कृषि बैंकको अधिकृत पदमा कार्यरत रहेका यादव प्रजातन्त्र प्राप्ति पश्चात राजिनामा दिएर विसहरिया गाउँ विकास समितिको अध्यक्षमा उम्मेदवारी दिएर अत्यधिक मतले विजयी भएका थिए ।

समाजिक क्षेत्रमा सक्रिय रहँदैआएका उनी केही समययता विरामी रहँदैआएका थिए । उनको अन्तिम संस्कार आफ्नै जन्मस्थान दमावतीमा गरिएको छ । उनलाई पार्टीका केन्द्रिय नेता एवम् सांसद मृगेन्द्र कुमार सिंह यादवले झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका दिएका छन् । अन्तिम संस्कारमा प्रदेश सभा सदस्य नेत्रविक्रम साह लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । स्व. यादवलाई उनका भतिजो सन्तोष कुमार यादवले दागवत्ती दिएको जनता समाजवादी पार्टीका नेता हरेराम यादवले जानकारी दिएका छन् ।

विगत केही वर्षयता राजनीतिसँगै गङ्गाराम सुशीला यादव ट्रष्ट मार्फत विभिन्न सामाजिक गतिविधिहरुमा सक्रिय रहँदैआएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस