खैरो हिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ

झापा, १४ असोज । झापाको बिर्तामोड स्थित सैनिकमोडबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा कचनकवलका २२ बर्षीय सुदम राजवंशी र सोही स्थानका ३९ बर्षीय नरबहादुर राजवंशी रहेका छन । साँझ साढे ६ बजे विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा १३ ग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको उक्त कार्यालयले जनाएको छ । उनीहरुको साथबाट नगद ९ हजार रुपैंया समेत फेला पारी बरामद गरिएको छ भने पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस