भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९७ हजार

जनकपुरधाम । पछिल्लो २४ घण्टामा भारतमा १ हजार १७९ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९७ हजार ४९७ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा पछिल्लो २४ घण्टामा ८० हजार ४७२ कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ६२ लाख २५ हजार ७६३ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारत कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचीमा दोस्रो स्थानमा छ ।भारतमा रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस