कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ५ सय नाघ्यो

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १० पुरुष र एक महिला गरी ११ जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ । हालसम्म नेपालमा कोरोनाबाट ५ सय ९ जनाको मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस