कोरोना भाइरसः सप्तरीमा थप एकको मृत्यु, १२ संक्रमित थपिए

राजविराज । सप्तरीका थप एक कोरोना संक्रमितको विहिवार मृत्यु भएको छ । विराटनगरस्थित नोवेल अस्पतालमा उपचाररत विष्णुपुर गाउँपालिका वडा नम्वर ५ का ६७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

उनका अनुसार ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । योसँगै सप्तरीमा कोरोनाबाट १६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । यसैगरी, सप्तरीमा विहिवार थप १२ जना कोरोना संक्रमित थपिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस