बोदे बरसाईनमा ट्याक्टरको ठक्करबाट एकको मृत्यु

राजविराज । सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्वर ५ स्थित ट्याक्टरको ठक्करबाट विहिवार एक युवकको मृत्यु भएको छ ।

स१ त ४६९३ नम्वरको ट्याक्टरको ठक्करबाट अनटेष्ट मोटरसाईकलमा सवार वडा नम्वर ७ हैठीका २३ वर्षीय सुजितकुमार यादवको मृत्यु भएको हो । शत्रुद्धन चौकदेखि करिब ३ सय मिटर दक्षिणतर्फ भएको उक्त दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही मोटरसाईकलमा पछाडी सवार २० वर्षीय धर्मेन्द्रकुमार यादवको खुट्टा भाँचिएको छ । उनलाई उपचारकालागि विराटनगरस्थित गोल्डेन हस्पिटल पठाइएको छ ।

ठक्कर दिने ट्याक्टर ईलाका प्रहरी कार्यालय बोदे बरसाईनको नियन्त्रण रहेको छ भने चालक फरार रहेको जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस