स्वर्णपट्टीबाट पेस्तोल बरामद

उमेशकुमार साह
राजविराज । सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्वर ९ स्वर्णपट्टीस्थित बाँस घारीबाट विहिवार पेस्तोल बरामद भएको छ ।

प्रहरी चौकी सिमराहाबाट खटिएका प्रहरी हवलदार नेतृत्वको टोलीले नेपाल भारत सिमानामा रहेको बाँस घारीमा दुई जना अपरिचित व्यक्तिलाई देखेर केरकार गर्दा हतियार छाडेर भारततर्फ भागेको प्रहरीले जनाएको छ ।

उक्त हतियार कुन प्रयोजनकालागि कहाँबाट ल्याइएको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव निरीक्षक अयोधि सरण यादवले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस