भारतले महात्मा गान्धीको १५१ औं जन्मजयन्तीमा नेपाललाई एम्बुलेन्स र बस उपहार

जनकपुरधाम । भारत सरकारले महात्मा गान्धीको १५१ औं जन्म जयन्तीको अवसरमा नेपालका ३० वटा जिल्लाका सरकारी तथा गैरनाफामूलक संघ संस्थालाई एम्बुलेन्स र बस उपहार दिएको छ । नेपाल सरकारलाई ४१ एम्बुलेन्स र ६ बस उपहार दिएको हो ।

कार्यक्रममा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले दूतावास परिसरमा रहेको महात्मा गान्धीको प्रतिमामा पुष्प गुच्छा अर्पण गरी उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।  सदाझैं एम्बुलेन्स र बसहरु उपहार स्वरुप प्रदान गर्ने परम्परालाई निरन्तरता दिँदै भारतीय राजदूतावास, काठमाडौंले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहार स्वरुप प्रदान गरेको बताइएको छ ।

विभिन्न क्षेत्रमा आधारभूत स्वास्थ्य पहुँच विस्तार गर्न हेतु दूतावासले विगत लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई हरेक वर्ष एम्बुलेन्स तथा विद्यालयका लागि बस उपहार स्वरुप प्रदान गर्दै आएको छ । सन् १९९४ देखि आज सम्म भारतीय राजदूतावासले नेपाललाई झण्डै ८२३ वटा एम्बुलेन्स उपलब्ध गराइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780