दश वर्षपछि गोइत ‘बाबा’को नयाँ तस्विर

राजविराज, १६ असोज । तराई मधेशमा सशस्त्र संघर्ष गर्दैआएको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष जयकृष्ण गोइतको नयाँ तस्विर सार्वजनिक भएको छ ।

वि.सं. २०६१ साउन १० गते औपचारिक रुपमा सशस्त्र क्रान्तिको घोषणा गर्दै हालसम्म भूमीगत रहँदैआएका उनले सामाजिक सञ्जाल फेसबुकमा नयाँ तस्विर सार्वजनिक गरेका हुन् । स्वतन्त्र तराईको उद्घोष गरी उनले आफ्ना गतिविधि सञ्चालन गर्दैआएका छन् ।

मोर्चा अध्यक्ष गोइतले दुई ओटा तस्विर सार्वजनिक गरेका छन् । एउटा तस्विरमा सन्तको जस्तै सेता दाह्री, टाउँकामा टोपी अनि चश्मा लगाएका छन् । अर्को तस्विरमा फरक पोशाकमा देखिएका उनी कालो चश्मा लगाएका छन् ।

सञ्चारकर्मीहरुलाई तस्विर खिंच्न मनाही गर्दैआएका थिए । त्यसैले उनका पुरानै तस्विर सञ्चारमाध्यमहरुमा प्रयोग हुँदैआएको थियो । ‘बाबा’ उपनामले चिनिने उनी पञ्चायती शासन व्यववस्था विरुद्धको आन्दोलन, किसान आन्दोलन, सर्वहारामुक्ति आन्दोलन, माओवादी जनयुद्ध हुँदै विगत १६ वर्षदेखि भूमिगत रहँदैआएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस