कोरोनाबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु, मृतकको संख्या ५२० पुग्यो

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ४ जना महिला र ७ जना पुरुषको मृत्यु भएको छ ।

उनका अनुसार मोरङ, ललितपुर, भक्तपुर, काठमाडौं, मकवानपुर, रुपन्देही, बाँके र सुर्खेतमा गरी ११ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस