केन्द्रिय पदाधिकारीमा कोरोना संक्रमण देखिएपछि काँग्रेस केन्द्रिय समितिको बैठक स्थगित

जनकपुरधाम । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अनिश्चित बनेको छ । पार्टीका केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ र कल्पना चौधरीमा कोरोना संक्रमण देखिएपछि बैठक अनिश्चित बनेको हो ।

गत बिहीबार दिइएको स्वाबको रिपोर्ट शनिबार आउँदा चार जना केन्द्रीय सदस्यमा कोरोना पुष्टि भएको थियो । कांग्रेसले केन्द्रीय सदस्य, नेताका स्वकीय सचिव, केन्द्रीय कार्यालयका कर्मचारी र नेताका सुरक्षामा खटिएका सुरक्षाकर्मीलगायत गरी दुई सय ५० जनाको स्वाब परीक्षण गर्न टेकुस्थित प्रयोगशालामा पठाएको थियो ।

नेताहरुमा कोरोना देखिएसँगै फागुनमा तोकिएको १४ औं महाधिवेशन निर्धारित समयमै गर्न सकिन्छ कि कार्यतालिका हेरफेर गर्नुपर्छ भन्ने एजेन्डालगायतमा छलफल गर्न बोलाइएको केन्द्रीय समिति बैठक अनिश्चित बनेको हो ।

आइतबार बिहान ९ बजेका लागि बोलाइएको पदाधिकारी तथा पूर्वपदाधिकारीको अनौपचारिक बैठक भने स्थगित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । तर सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक बस्ने कि नबस्ने अनिश्चित रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस