माल्दिभ्सका पूर्व उपराष्ट्रपति अदीबलाई २० वर्ष जेल सजायको फैसला

एजेन्सी । भ्रष्टाचारको आरोप लागेका माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदीबलाई अदालतले २० वर्ष जेल सजायको फैसला गरेको छ ।

भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन र शक्तिको दुरुपयोग गरेको भन्दै अदालतले पूर्व उपराष्ट्रपति अदीबलाई त्यहाँको अदालतले उक्त सजाए सुनाएको हो । सन् २०१५ मा माल्दिभ्सका शक्तिशाली पूर्व राष्ट्रपतिलाई बम प्रहार गरी हत्या गर्न खोजेको आरोपमा उनलाई पक्राउ गरी जेलमा राखिएको थियो ।

उनीमाथि रिसोर्ट निर्माण तथा विकासका लागि टापु भाडामा दिने र पर्यटन कम्पनीहरूबाट कमिसन लिएर राज्यलाई दुई करोड ६० लाख डलरको घाटा हुनेगरी निर्णय गरेको अभियोग लागेको थियो ।

अदीबलाई सुनाइएको २० वर्षको सजाय उनले गरेको अपराधको लागि अझै न्यून भएको अदालतका एक अधिकारीले बताएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस