हास्य कलाकार हरिवंश दम्पतीमा कोरोना संक्रमण

जनकपुरधाम । चर्चित हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्ययमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी मंगलवार आफ्नो सामाजिक सञ्जालमार्फत संक्रमणबारे सार्वजनिक गरेको हो ।

आचार्यले सामान्य लक्षण देखिएकोले हिंजो आफ्नो र श्रीमती रमिलाको स्वाव परीक्षण गरेको र आज दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको बताएका छन् ।

उनले स्वास्थ्य अवस्था सामान्य रहेको र आफ्नो सम्पर्कमा रहेकाहरुलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन आग्रह गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस