खैरो हिरोईन र ब्राउनसुगर सहित दुई जना पक्राउ

राजविराज, २२ असोज ।
खैरो हिरोईन र ब्राउनसुगरसहित झापा र सुनसरीबाट दुई जनालाई पक्राउ गरेको छ ।

बिर्तामोडको सैनिकमोडबाट ६ ग्राम ५०० मिलीग्राम खैरो हिरोईन र ब्राउनसुगरसहित कृष्ण रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

यसैगरी ईटरही ५ स्थिट एक होटलबाट ३८ ग्राम ४० मिलिग्राम खैरो हिरोईन र ब्राउनसुगरसहित प्रविण राईलाई पक्राउ गरिएको छ ।

विशेष सुचनाको अधारमा बुधवार खटिएकोे प्रहरी टोलिले उनको साथबाट १ लाख ५० हजार रकम समेत बरामद गरिएको थियो ।

प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका दुबै जनामाथि ईलाका प्रहरी कार्यालय अनारमनी झापा र ईलाका प्रहरी कार्यालय ईटहरीबाट कारबाही प्रक्रिया अगाडी बढाईएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस