सप्तरीमा कोरोना परीक्षणको दायरा बढानुपर्ने सरोकारवालाको निष्कर्ष

राजविराज । सप्तरीमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न पिसीआर परीक्षणको दायरा बढाउनुपर्ने सरोकारवालाहरुले निष्कर्ष निकालेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितीको शुक्रवार बसेको बैठकले सो निष्कर्ष निकालेको हो । बैठकमा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रंजीतकुमार झा र स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले कोरोनाको अवस्थाबारे अवगत गराएका थिए ।

सोहीपश्चात संक्रमणको अवस्था तथा आगामी चाडपर्वको समयमा हुने सम्भावित ओहरदोहर र भिडभाडका कारण जिल्लामा हाल भइरहेको परीक्षणको दायरा बढाउन उपयुक्त हुने देखिएकोले सोहीअनुसार गृह मन्त्रलायमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

यसैगरी, सोही अनुसार भिटीएम र किट (रिएजेन्ट) लगायतका स्वास्थ्य सामाग्री सहयोग गरिदिन संघ र प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय भएको जनाएको छ ।

थप निर्णयहरु: 

Author:



क्याटोगरी छान्‍नुहोस