दोषीलाई कार्वाहीको माग गर्दै राजविराजमा दवाबमूलक कार्यक्रम

राजविराज, २४ असोज । सप्तरीको विभिन्न स्थानमा भएको बलात्कार, हत्या, हिंसालगायतका घटनाहरु विरुद्ध युवाहरुले शनिवार राजविराज स्थित गजेन्द्र चौकमा दवाबमूलक विरोध कार्यक्रम आयोजना गरेका छन् ।

प्लेकार्ड सहित स्वतन्त्र युवा समूहद्वारा बलात्कारको घटनालाई ढाकछोप गर्न पाइदैन, दोषीलाई कार्बाही गर, बलात्कार प्रयासको घटना मिलाउने जनप्रतिनिधि, नेता र प्रहरीलाई कार्बाही गर सहितको नाराहरु लेखिएको प्लेकार्ड विरोध जनाएका हुन् । सामाजिक अभियन्ता सुनिता साहको नेतृत्वमा दवाबमुलक कार्यक्रम आयोजना गरिएको जनाईएको छ ।

दवाबमूलक कार्यक्रममा पुष्पा स्वर्णकार, सुरज यादव, सन्तोष यादव, प्रमिला मण्डल लगायतका युवाहरुको सहभागिता रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस