चौबिस घण्टामै थपियो पाँच हजार कोरोना संक्रमित

राजविराज, २४ असोज । पछिल्लो २४ घण्टामा ५ हजार ८ जना कोरोना संक्रमित थपिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले शनिवार कोभिड सम्वन्धी नियमित प्रेस ब्रिफिङ्गमा उक्त विषयमा जानकारी दिएका हुन् । कोरोना संक्रमितको तथ्यांक हालसम्मकै उच्च रहेको छ ।

देशभरिका प्रयोगशालामा पछिल्लो २४ घण्टामा १९ हजार ३ २० जनाको पीसीआर परीक्षण गरिएकोमा ५ हजार ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिएका छन् । उनका अनुसार काठमाडौंमा २ हजार एक सय, भक्तपुरमा २ सय ३, ललितपुरमा ३ सय ६९ जना संक्रमित भएका छन् । कोरोना भाइरस जितेर एक हजार २ सय २९ जना डिस्चार्ज भएका छन् । हालसम्म ७४ हजार २ सय ५२ जना निको भएर डिस्चार्ज भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस