सउदी अरबमा पनि चमार कल्याण समाज गठन

राजविराज । चमार कल्याण समाजको समिती सउदी अरबमा विस्तार भएको छ । शुक्रवार प्रवासीहरुको बसेको बैठकले जितेन्द्र राम (महोत्तरी) को अध्यक्षतामा समाजको १४ सदस्यीय समिती गठन गरिएको छ ।

गठित समितीको उपाध्यक्षमा विजय महरा (महोत्तरी), सचिवमा जग जिवन राम ‘जीवन कुमार’ (सप्तरी), सह–सचिवमा किशोरी महरा (सिरहा), कोषाध्यक्षमा सहदेव राम (सिरहा) सर्वसम्मतले चयन भएका छन् । समितीको सदस्यहरुमा फुन फुन राम (सिरहा), लछिन्द्र राम (सिरहा), सहदेव राम (सिरहा), झापशी राम (महोत्तरी), नथुनी राम (महोत्तरी), धर्मदेव राम (सिरहा), जिवन राम (सिरहा), सुरेन्द्र राम (सिरहा) चयन भएका हुन् ।

यसैगरी, उमेस राम (धनुषा), अनिल राम (धनुषा) र राम पुकार राम (धनुषा) सदस्यमा चयन भएका छन् भने समितीको सल्लाहकारमा सन्जय राम (धनुषा) सर्वसम्मतले चयन गरिएको संयोजक सुरेन्द्र महरा (महोत्तरी)ले जानकारी दिए । कार्यक्रममा फुन फुन रामले उद्घोषण गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस