जिल्ला प्रशासन कार्यालय सप्तरीमा नयाँ नागरिकता वितरण कार्य स्थगित

राजविराज, २६ असोज । कर्मचारीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले नयाँ नागरिकता वितरण कार्य स्थगित गरेको छ ।

कार्यालयले सोमवार सूचना जारी गर्दै नयाँ नागरिकता शाखामा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण जस्तै लक्षण देखिएको जनाएको छ ।

दुवै जनालाई पिसीआर परीक्षणकोलागि पठाइसकेकोले अर्को सूचना नभएसम्मकालागि नयाँ नागरिकता वितरण कार्य स्थगित गरिएको कार्यालयका सूचना अधिकारी आनन्दकुमार ठाकुरले जानकारी दिए ।

अन्य सेवाहरु भने विशेष तालिकाअनुसार स्वास्थ्य सम्वन्धि मापदण्डको पालना गरेर प्रवाह भइरहेको जनाएको छ । यसअघि कार्यालयका ५ जना कर्मचारीमा संक्रमण पुष्टि भएकोमा १ जनाको मृत्यु भइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस