जनमत पार्टीको अधिवेशन

राजविराज, २६ असोज । डा. सीके राउत नेतृत्वका जनमत पार्टीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर १ मा वडा अधिवेशन सम्पन्न भएको छ । सुनिल कुमार रायको अध्यक्षतामा आइतवार ११ सदस्यीय वडा समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा महेश यादव, सवित्रि देवी राय, सचिवमा विरेन्द्र राय, सह(सचिवमा दयानन्द मेहता, कोषाध्यक्षमा पुरुषेत्तम यादव रहेका छन् । यसैगरी उर्मिला देवी राम, सोभिता देवी राय, सुनरवती देवी खंग, संजय यादव, राजेश कुमार रामलाईसदस्यमा सर्वसम्मतीले चयन गरिएको छ ।

‘चुनावको समयमा मासु र पैसाको लोभमा आफ्नो मतलाई खेर नफाल्नुहोस्’ युवा जनमत सप्तरीका संयोजक मनोज यादवले भने ‘अब जनमत पार्टी बाहेक अर्को कुनै विकल्प नरहेको तथा हामीलाई जनमत पार्टी नै रोज्नु पर्छ ।’

पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीका पूर्व इन्चार्ज सुरेन्द्र मधेशीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा पार्टीका सप्तरीका यूवा जनमतको संयोजक मनोज यादव, महिला जनमतको संयोजक शुशिला यादव, सप्तरीका कार्यालय सचिव भुपेन्द्र यादव, राजविराजका संयोजक नारायण यादव, महेश प्रसाद यादव, वरिष्ठ नेतृत्व मण्डलका प्रतिनिधि अनिस अंसारी, महिला नेतृ पिंकी भगत, गाउँपालिका संयोजक ऋषिकेश ठाकुर, संतोष मधेशी, जिवछ यादव, कमल कुमार मण्डललागायतका व्यक्तिहरुको उपस्थिती थियो ।

कार्यक्रम सञ्चालन सञ्जय मधेशीले गरिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस