मलाई बदनाम गर्न नियोजित षड्यन्त्र भईरहेको छः मातृका

राजविराज, २६ असोज । नेपाल कम्युनिष्ट पाटीका स्थायी समिति सदस्य मातृका प्रसाद यादवले आफुमाथि योजनावद्ध तरिकाले बदनाम गर्ने षड्यन्त्र भईरहेको बताएका छन् ।

‘मधेश लाइभ’सँग सोमवार संक्षिप्त कुराकानी गर्दै उनले आफुले नयाँ पार्टी बनाउने कुनै योजना नरहेको दावी गरेका हुन् । केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जलमा नयाँ पार्टी बनाउने तथा सदस्यता वितरण सम्वन्धी विषयमा कुनै सत्यता नरहेको बताउँदै नेता यादवले भने ‘नियोजित तरिकाले मिडियामार्फत मेरो चरित्र हत्या गर्ने कार्य भईरहेको छ, यस्ता भ्रामक कार्यप्रति म आश्चर्यचकित छु ।’

नयाँ पार्टी खोल्ने वा पार्टी विरोधी क्रियाकलाप गर्ने आफ्नो कुनै मनसाय नरहेको प्रष्ट पार्दै नेकपा नेता यादवले त्यस्त भ्रामक कुराहरुमा विश्वास नगर्न आग्रह गरेका छन् । थप जिम्मेवार भएर पार्टीको हितमा काम गर्न पार्टी कार्यकर्ताहरुसँग उनले आह्वान गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस