प्रदेश २ का २६ हजार छोरीहरुको घरमा निःशुल्क इन्टनेट जडान गर्ने तयारी

जनकपुरधाम, २६ असोज । प्रदेश २ सरकारले २६ हजारभन्दा बढी छोरीहरुको घरमा निःशुल्क इन्टरनेट जडान गराउने तयारी थालेको छ ।

‘मुख्यमंत्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत बीमा गराएका २६ हजार ९५६ छोरीहरुको घरमा निःशुल्क इन्टरनेट जडान गर्ने तयारी थालिएको हो ।

अभियानकी संयोजक प्रियंका यादवले छोरी शिक्षा बीमा कार्यक्रममा २ माघ २०७६ यता बीमा गराएका छोरीको घरमा इन्टरनेट जडान गर्न लागिएको बताइन् । जसकालागि इन्टरनेट जडान मोबाइल नम्बर संकलन कार्य भइरहेको उनले जानकारी दिइन् ।

सुविसु इन्टरनेट कम्पनीले बीमा भएका ती छोरीको घरमा इन्टरनेट सेवा जडान गर्न लागेको हो । महिला हिंसा न्यूनीकरण तथा छोरीहरुको शिक्षादीक्षाका लागि सञ्चालन गरिएको प्रदेश २ मा ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत बीमा कार्यक्रम सञ्चालनमा छ ।

जसमा छोरी जन्मिने बित्तिकै प्रदेश सरकारले ३७ हजार तिरेर तीन लाख रुपैयाँको बीमा गरिदिने व्यवस्था गरिएको छ । उक्त बीमाको रकम छोरीले २० वर्षपछि पाउनेछन् ।

Author:



क्याटोगरी छान्‍नुहोस