देशभर पछिल्लो २४ घण्टामा ४ हजार ४७ कोरोना संक्रमित थपिए

जनकपुरधाम, २६ असोज । देशभर पछिल्लो २४ घण्टामा ४ हजार ४७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोही अवधिमा १ हजार ४७३ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ११ हजार ८०२ पुगेको छ । हालसम्म देशभर ३३ हजार ८८० सक्रिय संक्रमित छन् ।

यसैगरी, हालसम्म ७७ हजार २७७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव १ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार ५३० जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ११ लाख ९१ हजार ५१४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस